Wednesday, March 21, 2012

म त दूर देखि (Ma ta door dekhi)



In this Acoustic Cover,
Vocal and Guitar: Utsav Lamichhane

यस गीतका मूल कलाकार (Original Artist)
शब्द, संगीत, स्वर : दीप श्रेष्ठ (Deep Shrestha)
संग्रह: दृष्टि (म्युजिक नेपाल)
संग्रहित मिति: 2000-03-23
[विवरण म्युजिक नेपालबाट (http://musicnepal.com/songdetails.php?songid=5045 )]

Lyrics and Chords:

--------Am-----C----------G-------C
म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर X 2
-Em-------------Am------Gm-----C
सम्बोधन गरदा गर्दै, गइगयौ छोडेर X 2
--------Am-----C----------G-------C
म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर

-C-------------Am----F--------------C
एकैछिन त पर्खिदेऊ, केही बात गरिदेऊ X 2
-Am----F------------G-------------C-
मनका सारा, भावनालाई दुखाई नदेऊ X 2
-C---------------C-------------
हम् हम् हम् हम् ला ला ला ला

--------Am-----C----------G-------C
म त दूरदेखि आएँ, तिम्रो प्यार बोकेर X 2
-Em-------------Am------Gm-----C
सम्बोधन गरदा गर्दै, गइगयौ छोडेर X 2
--------Am-----C----------G-------C
म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर

-C----------Am-----------F------------C
एउटा सानो ठाउँ देऊ, तिम्रो धड्कन भित्र X 2
-Am----F---------G-------------C-
पुराना ति यादहरुलाई, भुलाई नदेऊ X 2
-C---------------C-------------
हम् हम् हम् हम् ला ला ला ला

--------Am-----C----------G-------C
म त दूरदेखि आएँ, तिम्रो याद बोकेर X 2
-Em-------------Am------Gm-----C
सम्बोधन गरदा गर्दै, गइगयौ छोडेर X 2
--------Am-----C----------G-------C
म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर

Wednesday, July 27, 2011

असारै महिनामा (Asarai Mahinama)



यस चलदृश्यमा

स्वर/गितार: उत्सव लामिछाने

मादल: बिनोद अधिकारी

छाँयाकन: विद्या सागर घिमिरे

(असली गायक: छूसाङ डुक्पा)

शब्द/संगीत

Am---------------------------------

असारै महिनामा पानी पर्‍यो रुझाउने

एक्लो यो मेरो मन, कसरी बुझाउने

------------------------C------

भन्थिन् है मैच्याङ्ले रुँदै धरर

Am---------------------------

नौ डाँडा पारी छ कम्पनी शहर

Am-----G----Am

बिछोडको बेलैमा

Am-------------Dm-------Am

मनै बराल्ने न्याहुल् को बोली

Am-------------Dm-------Am

यति बेला मैच्याङ् के गर्दै होली

F-------C-----F------------C------

पिँढिमा बसेर के के कुरा गम्दी हो

G-----------------------C------

कहिले हाँस्दी हो कहिले रुँदी हो

Am------G----Am

मलाई नै सम्झेर

Am------------Dm-------Am

छङ् छङै बग्ने खहरे खोला

Am-------------Dm-------Am

अब त छोरा कुद्ने भो होला

F---------C---------F----------C-------

दिन भरी खेल्दो हो मलाई नै भुल्दो हो

G-------------------------C--------

साँझ परे पछि आमाला सोध्दो हो

Am--G----Am

खै बाबा भनेर

Wednesday, February 2, 2011

मलाई नसोध कहाँ दुख्छ घाऊ

मलाई नसोध कहाँ दुख्छ घाऊ


[विवरण म्युजिक नेपालबाट (http://www.musicnepal.com/songdetails.php?songid=8868)
]
गायन: नारायण गोपाल
संग्रह: स्वर्णिम सन्ध्या भाग २ (म्युजिक नेपाल)
संगीत: नारायण गोपाल
शब्द: हरिभक्त कटुवाल
संग्रहित मिति: 1990-09-21


संगीत (Chords):

--F-------Gm--Eb-----F
मलाई नसोध कहाँ दुख्छ घाऊ
---Bb---A7-------Dm----F
म जे छु ठिकै छु, बिथोल्न नआऊ
--F------Gm---Eb-----F
मलाई नसोध कहाँ दुख्छ घाऊ

--Am----Dm---Ab-----F
मेरो जिन्दगीमा सधैँ यो उदासी
--Am----Dm---Db-----F
सकेकै छु जिउन कहिल्यै नहाँसी
-F------------Gm-------F
मेरो चाहना हो तिमी हाँसे पुग्छ
F--------------C7-------F
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
F--------------C7-------F
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
--Eb------Gm---C7------F
त्यसैले म भन्छु तिमी मुस्कुराऊ
--F-------Gm--Eb-----F
मलाई नसोध कहाँ दुख्छ घाऊ

--Am----Dm---Ab----F
कतै विरानीमा हराएँ भने म
--Am----Dm---Db-----F
कतै बेहोशीमा कराएँ भने म
-F------------Gm-------F
मेरो प्राप्ति त्यहीँ यति ठाने पुग्छ
F--------------C7-------F
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
F--------------C7-------F
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
--Eb-----Gm---C7------F
अध्याँरोमै छोड दियो नजलाऊ
--F-------Gm--Eb-----F
मलाई नसोध कहाँ दुख्छ घाऊ

Thursday, January 28, 2010

केही मिठो बात गर (नारायण गोपाल)


चलदृश्य: गीत (नारायण गोपाल)



चलदृश्य: गीत (उत्सव लामिछाने)

स्वर/गितार: उत्सव लामिछाने
बाँसुरी/किबोर्ड: बिनोद अधिकारी
मादल(ताल): कुमार प्रसाद दाहाल
छायांकन: विद्यासागर घिमिरे


केही मिठो बात गर
[विवरण म्युजिक नेपालबाट (http://www.musicnepal.com/songdetails.php?songid=13599)]
गायन: नारायण गोपाल
संग्रह: गीतियात्रा (म्युजिक नेपाल)
संगीत: नारायण गोपाल
शब्द: कालीप्रसाद रिजाल
संग्रहित मिति: 1988-01-24


शब्द:
केही मिठो बात गर, रात त्यसै ढल्किँदै
केही मिठो बात गर, रात त्यसै ढल्किँदै
भरे फेरी एकान्तमा रुनु छँदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै

रमाइलो कुरा गर, सपनाको कुरा गर
रमाइलो कुरा गर, सपनाको कुरा गर
सँगसँगै बिताएको सम्झनाको कुरा गर
सम्झनाको कुरा गर
दु: छोड, दु:खलाई जिन्दगानी छँदैछ
भरे फेरी एकान्तमा रुनु छँदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै

आऊ नाँचौं अध्याँरोमा, जुनकिरी नाँचे जस्तै
आऊ नाँचौं अध्याँरोमा, जुनकिरी नाँचे जस्तै
बतासमा उडौं आज, सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
दुई कदम साथ हिंडौं, छुटिनु छँदैछ
भरे फेरी एकान्तमा रुनु छँदैछ
केही मिठो बात गर, रात त्यसै ढल्किँदै


संगीत (Chords):


---F------Dm-----C------F

केही मिठो बात गर, रात त्यसै ढल्किँदै

--Dm-----C---Bb----F
भरे फेरी एकान्तमा रुनु छँदैछ


--F-----Bb----C------F

रमाइलो कुरा गर, सपनाको कुरा गर

--C-----Bb-----Dm-----F
सँगसँगै बिताएको सम्झनाको कुरा गर

---Bb------F
सम्झनाको कुरा गर

---F--------Dm-----C----F
दु: छोड, दु:खलाई जिन्दगानी छँदैछ

--Dm-----C---Bb----F
भरे फेरी एकान्तमा रुनु छँदैछ

---F------Dm-----C------F
केही मिठो बात गर, रात त्यसै ढल्किँदै

Tuesday, September 8, 2009

मायाको बारीमा (कुसुमे रुमाल) - chords (tentative)

तलका chords हरुलाई परिमार्जन गर्नुपर्ने छ। कृपया एक पटक हेरेर सल्लाह दिनु होला।

F...............Bb.......F
मायाको बारीमा प्रीतिको फूल
F.......Gm.....F
संगाली राखेको कुसुमे रुमाल
F........Gm...F
कुसुमे रुमाल, कुसुमे रुमाल

F...........Bb............................F
यो वनको गोरेटोमा पछ्यौरी कसको अल्झेछ,
F...........Bb............................F
नयाँ चोट लागेको होइन पुरानो घाऊ बल्झेछ
F............................Bb..............F
बिहानीको शीतको थोपा पातले बोके जस्तो
F...........G.......................F
मायालुको माया बोक्ने कुसुमे रुमाल
F..........Gm...F
कुसुमे रुमाल, कुसुमे रुमाल

पूरा गीत:


किबोर्डमा:

मायाको बारीमा (कुसुमे रुमाल) - शब्द

गीत- मायाको बारीमा
चलचित्र- कुसुमे रुमाल (1985, तुलसी घिमिरे)
गायक- उदित नारायण, दिपा झा
-------------------------------------------------

उदित:
मायाको बारीमा प्रीतिको फूल, संगाली राखेको कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
मायाको बारीमा प्रीतिको फूल, संगाली राखेको कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल

यो वनको गोरेटोमा पछ्यौरी कसको अल्झेछ,
नयाँ चोट लागेको होइन पुरानो घाऊ बल्झेछ
यो वनको गोरेटोमा पछ्यौरी कसको अल्झेछ,
नया चोट लागेको होइन पुरानो घाऊ बल्झेछ
बिहानीको शीतको थोपा पातले बोके जस्तो
मायालुको माया बोक्ने कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे

उदित: मायाको बारीमा प्रीतिको फूल
दिपा: मायाको बारीमा पिरतिको फूल
उदित: (पिरति होइन, प्रीति,) प्रीतिको फूल
दिपा: मायाको बारीमा प्रीतिको फूल
उदित: (ह)
संगाली राखेको

उदित र दिपा:
कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल

उदित:
बैसालु मनले मेरो सपना सजाएछ
मुटु मेरो सानो, माया ठुलै पालेछ

दिपा:
बैसालु मनले मेरो सपना सजाएछ
मुटु मेरो सानो, माया ठुलै पालेछ

उदित र दिपा:
पहाडको आँसु बोकी खोला बगे जस्तो
मायालुको आँसु बोक्ने कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल

दिपा:
लाहुरे दाईले बिदा लिए, सानो रेलमा चढेर
कान्छी नानी रुन्छिन्, सम्झना कोसेली लिएर
लाहुरे दाईले बिदा लिए, सानो रेलमा चढेर
कान्छी नानी रुन्छिन्, सम्झना कोसेली लिएर
भाग्य भए भेटौंला टीकामा अर्को साल
नभए सम्झना कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल

मायाको बारीमा प्रीतिको फूल, संगाली राखेको कुसुमे रुमाल

उदित र दिपा:
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल, कुसुमे रुमाल
कुसुमे रुमाल...

Friday, August 14, 2009

नेपाली गीत-सङ्गीत र आजको आवश्यकता

नेपालको साङ्गीतिक क्षेत्रमा थुप्रै प्रतिभाशाली ताराहरु उदाए। उनीहरुले हामीलाई जे-जति गीत-सङ्गीत दिएर गएका छन्, हामी त्यसका लागि आभारी छौं। तर हामी कतै पछाडी परीरहेका छौं भने, त्यो हो गीत-सङ्गीत को संरक्षणमा। हामीलाई मन पर्ने त्यस्ता गीत छन्, जुन गाउनका लागि हामीलाई गीतका शब्द याद छैनन्। हामीलाई बजाउन मन लाग्ने कैयौं त्यस्ता सङ्गीतहरु छन्, जसको हामीलाई कर्ड (chords=सुर?) थाहा छैन। यसका लागि केही साईट र केही किताबहरु त छन्। तर ती निकै अपर्याप्त छन्, संख्या, स्तर वा सहजता का आधारमा।
यहीं आवश्यकतालाई मध्यनजर गर्दै हामीले केही समय अगाडी melosic.googlepages.com नामक साईट खोलेका थियौं। दुर्भाग्य मान्नुपर्छ, गुगलले यस सुविधालाई चाँडै बन्द गर्दै छ। हामीलाई एउटा भरपर्दो र आफ्नै नामको साईट आवश्यक छ तर फेरी कुरा आउँछ उहीं, अभावको। त्यसैले केही समयको लागि हामीले यहीं ब्लग मार्फत् आफ्ना सामाग्री राख्ने सोँच बनाएका छौं। कृपया आफुसँग भएका सामाग्री हरु यहाँ पठाएर हामीलाई सहयोग गरिदिनु होला। नयाँ-पुराना, आधुनिक, पप, फिल्मी वा अन्य कुनै पनि नेपाली गीतका सामाग्री भए पनि पठाउनु होला। हामीलाई आशा छ, तपाईहरुको सहयोगले हाम्रो यो सानो कदमलाई ठूलो फड्को मार्न सहयोग गर्ने छ।
- धन्यवाद
Melosic समूह

पूनश्च: तपाईले आफ्ना सामाग्री यहीं ब्लगमा कमेन्टका रुपमा वा melosic@gmail.com मा पनि पठाउन सक्नुहुन्छ। तपाईको सल्लाह-सुझाव हाम्रो लागि अपरिहार्य छ।